बेबिलोनका राजा नबूकदनेसरले राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानद्वारा यर्मियाको विषयमा यस्तो आज्ञा दिए, “यसलाई चाहिँ लगेर राम्ररी हेरचाह गर्नू। यसलाई कुनै किसिमको हानि नगर्नू। यसले तिमीलाई भनेझैँ यसको लागि गर्नू।” यसकारण अङ्गरक्षकका सेनापति नबूजरदान, मुख्य पदाधिकारी नबुशजबान, उच्च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरूले मानिसहरू पठाएर यर्मियालाई गारदको चोकबाट ल्याए। तिनलाई घरमा लैजाने जिम्मेवारी उनीहरूले शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा छोड़िदिए। यसरी यर्मिया आफ्ना मानिसहरूसँगै रहे।
यर्मिया 39 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 39
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 39:11-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू