गारदको चोकमा थुनामा परेकै बेलामा परमप्रभुको वचन यर्मियाकहाँ दोस्रो पल्ट आयो: “परमप्रभु यसो भन्नुहुन्छ: पृथ्वी बनाउनुहुने परमप्रभु, ती नै परमप्रभु, जसले त्यसको आकार बनाएर त्यसलाई स्थापित गर्नुभयो— उहाँको नाउँ परमप्रभु हो: ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’। किनभने यस सहरका घरहरू र यहूदाका राजाका महलहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जो घेरा-मचान र तरवारको विरुद्धमा प्रयोग गर्नलाई बेबिलोनीहरूसित भएको लड़ाइँमा भत्काइएका थिए। मेरो रीस र क्रोधमा मैले मार्ने मानिसहरूका लाशहरूले ती भर्नेछु। त्यसका सबै दुष्ट्याइँको कारण म मेरो मुख यस सहरदेखि लुकाउनेछु। “‘तापनि म त्यसमा स्वास्थ्य र आरोग्यता ल्याउनेछु। म मेरो प्रजालाई निको पार्नेछु, अनि प्रशस्त शान्ति र सुरक्षा भोग गर्न दिनेछु। म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्याइदिनेछु, र तिनीहरूलाई फेरि अघिजस्तै निर्माण गर्नेछु। मेरो विरुद्धमा गरेका तिनीहरूका सबै पापदेखि म तिनीहरूलाई शुद्ध पार्नेछु, र मेरो विरुद्धमा बागी भएर गरेका तिनीहरूका सबै पाप क्षमा गर्नेछु। तब यो सहर पृथ्वीका सबै जातिहरूका सामुन्ने मेरो निम्ति सुनाम, आनन्द, प्रशंसा र सम्मान दिने हुनेछ। ती जातिहरूले, जब मैले यसलाई गरेका असल कामहरू र उन्नतिका कुराहरू सुन्छन्, तब मैले यसलाई दिएको प्रशस्त सुख-शान्तिको कारण उनीहरू डराएर थरथर काम्नेछन्।’ “परमप्रभु यसो भन्नुहुन्छ: ‘यस ठाउँको विषयमा तिमीहरू भन्छौ, “मानिसहरू वा पशुहरू नभएको यो एउटा उजाड़-स्थान हो।” तापनि यहूदाका नगरहरू र यरूशलेमका सड़कहरूमा, जो मानिसहरू र पशुहरूविना निर्जन छन्, त्यहाँ आनन्दको सोर र खुशीको आवाज, अनि दुलहा-दुलहीको सोर र परमप्रभुको घरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर फेरि सुनिनेछ, “सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।” किनकि देशको सुख-शान्ति म फेरि अघिजस्तै तुल्याइदिनेछु,’ परमप्रभु भन्नुहुन्छ’।
यर्मिया 33 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 33
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 33:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू