“यदि कुनै मानिसले आफ्नी पत्नीलाई त्याग्छ र त्यो स्त्री उदेखि छुट्टिएर अर्को मानिसकी पत्नी भई भने, के त्यो मानिसले फेरि त्यसकहाँ फर्केर जानुपर्ने? के त्यो देश बिलकुलै बिटुलो हुनेथिएन र? तर तँचाहिँ एउटी वेश्याझैँ धेरैकहाँ गएकी छस्— र के तँ मकहाँ फर्केर आउँछेस्?” परमप्रभु भन्नुहुन्छ। “आफ्ना आँखा उठाएर नाङ्गा डाँड़ाहरूमा हेर्। तिनीहरूमध्ये कुनचाहिँमा तैंले कुकर्म गरेकी छैनस् र? एउटा अरबी मरुभूमिमा बसेझैँ तँ आफ्ना प्रेमीहरूको प्रतीक्षामा बाटो हुँदो बसिस्। तैंले देशलाई आफ्नो व्यभिचार र दुष्ट कर्मले बिटुलो पारेकी छस्। यसैकारण झरी थामिएको छ, र बसन्तको वर्षा परेको छैन। तापनि तेरो रूप निर्लज्ज वेश्याजस्तै छ। तँ लाजले रातो हुन इन्कार गर्छेस्। के भर्खरै मात्र तैंले मलाई यसरी पुकारिनस्, ‘हे मेरा पिता, युवावस्थादेखि मेरा मित्र, के तपाईं सधैँ रिसाइरहनुहुन्छ र? के तपाईंको क्रोध सधैँसम्म रहिरहन्छ?’ तैंले त यसरी कुरा गर्छेस्, तर तैंले सकेसम्म खराबी गर्छेस्।”
यर्मिया 3 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 3:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू