“अनि यहूदाको राजकीय घरानालाई अझै यसो भन्, ‘परमप्रभुको वचन सुन, हे दाऊदको घराना, परमप्रभु यसो भन्नुहुन्छ: “प्रत्येक बिहान न्याय गर, लुटिएकोलाई अत्याचार गर्नेको हातबाट छुटाओ, नत्रता तिमीहरूको कुकर्मको कारणले गर्दा, मेरो क्रोध आगोझैँ दन्कनेछ, कसैले निभाउन नसक्ने गरी त्यो दन्कनेछ। म तेरो विरुद्धमा छु, हे यरूशलेम, यस उपत्यकाको मास्तिर बस्नेहरू हो, मैदानका समस्त ठाउँमा बस्ने हो, परमप्रभु भन्नुहुन्छ, तिमीहरू जसले भन्छौ, ‘हाम्रा विरुद्धमा को आउन सक्छ र? हाम्रो शरणस्थानभित्र को पस्नसक्छ र?’ म तिमीहरूलाई तिमीहरूकै कामको फलअनुसार उचित दण्ड दिनेछु, परमप्रभु भन्नुहुन्छ। म तिमीहरूका वनहरूमा आगो सल्काइदिनेछु, र त्यसले तिमीहरूका चारैतिर भएका सबै थोक भस्म गर्नेछ।”
यर्मिया 21 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 21:11-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू