यर्मिया 18:2-6

यर्मिया 18:2-6 NNRV

“तल कुमालेको घरमा जा, र त्‍यहाँ म तँलाई मेरो सन्‍देश दिनेछु।” यसैले म तल कुमालेको घरमा गएँ। त्‍यहाँ त्‍यसले आफ्‍नो चक्‍कामा केही बनाइरहेको मैले देखें। तर त्‍यसले बनाइरहेको माटोको भाँड़ो त्‍यसका हातमा बिग्रियो, यसकारण कुमालेले आफूलाई मन परेअनुसार अर्को भाँड़ो बनायो। तब परमप्रभुको यो वचन मकहाँ आयो: “हे इस्राएलको घराना, यस कुमालेले गरेझैँ के म तँलाई पनि गर्न सक्‍दिनँ र?” परमप्रभु भन्‍नुहुन्‍छ। “हे इस्राएलको घराना, कुमालेको हातमा माटो भएझैँ तँ पनि मेरो हातमा छस्‌।