तब परमप्रभुले मलाई भन्नुभयो: “मोशा र शमूएल मेरो सामुन्ने खड़ा भए तापनि यस जातितिर मेरो मन फर्कनेछैन। तिनीहरूलाई मेरो सामुन्नेबाट निकालिदे। तिनीहरूलाई जान दे! अनि ‘हामी कहाँ जाऔं?’ भनेर यदि तिनीहरूले तँलाई सोधे भने, तैंले तिनीहरूलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मृत्युको लागि लेखिएका भए मृत्युमा नै, तरवारले मारिनेहरू तरवारतिरै जाऊन्, भोकले मर्नेहरू भोकले नै मरून्, कैदमा लगिनेहरू कैदमा नै जाऊन्।’ “म तिनीहरूका विरुद्धमा चार किसिमका सर्वनाश गर्नेहरू पठाउनेछु,” परमप्रभु भन्नुहुन्छ, “मार्नलाई तरवार, तानेर लैजानलाई कुकुर, आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूचाहिँ निल्न र नाश गर्नलाई। यहूदाको राजा हिजकियाको छोरो मनश्शेले यरूशलेममा जे गरेको थियो त्यसैको कारण म तिनीहरूलाई पृथ्वीका सारा राज्यहरूमा एक घिनलाग्दा कुरा तुल्याउनेछु। “हे यरूशलेम, कसले तँलाई टिठ्याउने? तेरो निम्ति कसले शोक गर्नेछ? तिमीहरू कस्ता छौ भनी सोध्नलाई को अड्नेछ र? तैंले मलाई त्यागेको छस्,” परमप्रभु भन्नुहुन्छ। “तँ पछि नै हट्दैरहन्छस्। यसैले मैले मेरो हात उठाएर तँलाई सर्वनाश गर्नेछु। म तँमाथि अझ टिठ्याउन सक्दिनँ। म तिनीहरूलाई देशका सहरहरूका मूल ढोकाहरूमा नाङ्लोले निफनेझैँ निफन्नेछु। म मेरो प्रजामाथि शोक र सर्वनाश ल्याउनेछु, किनकि तिनीहरूले आफ्ना चाल बदली गरेनन्। म तिनीहरूका विधवाहरूको संख्या समुद्रका बालुवाको संख्याभन्दा धेरै बनाउनेछु। मध्यदिनमा तिनीहरूका जवान मानिसहरूका आमाहरूका विरुद्धमा एउटा सर्वनाश गर्नेलाई ल्याउनेछु। शोक र त्रास एक्कासि म तिनीहरूमाथि ल्याउनेछु। सात जनाकी आमा बेहोश भई मर्नेछे। दिन छँदै त्यसको सूर्य अस्ताइहाल्नेछ। त्यो अपमानित भई लाजमा पारिनेछे। तिनीहरूमा बचेकाहरूलाई चाहिँ म तिनीहरूका शत्रुहरूका सामु तरवारले काट्न लाउनेछु,” परमप्रभु भन्नुहुन्छ।
यर्मिया 15 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 15:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू