यर्मिया 1:5-8

यर्मिया 1:5-8 NNRV

“मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।” मैले भनें, “हे परमप्रभु परमेश्‍वर, म त बोल्‍नै जान्‍दिनँ, म त बालकै छु।” तर परमप्रभुले मलाई भन्‍नुभयो, “‘म त बालकै छु,’ भनी नभन्‌। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्‍नैपर्छ। तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।