एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले किन हामीसँग यस्तो व्यवहार गर्नुभयो? मिद्यानसँग लड़ाइँ गर्न जाँदा तपाईंले हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले तिनलाई अनेक अभियोग लगाए। तर गिदोनले तिनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के गरेको छु र? के एफ्राइमको दाखका शिला-बाला अबीएजेरको जम्मै दाखको फसलभन्दा असल छैन र? परमेश्वरले मिद्यानका शासक ओरेब र जएबलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ। तिमीहरूले गरेझैँ मैले के गरेको छु?” तिनका यी कुराले तिनीहरूको रीस शान्त भयो।
न्यायकर्ताहरू 8 पढ्नुहोस्
सुन्नुहोस् न्यायकर्ताहरू 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ताहरू 8:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू