न्यायकर्ताहरू 13:2-7

न्यायकर्ताहरू 13:2-7 NNRV

दानको कुलका सोरामा बस्‍ने एक जना मानिस थिए, जसको नाउँ मानोह थियो, र जसकी पत्‍नी बाँझी थिइन्, र तिनको कोही छोराछोरी थिएन। परमप्रभुका दूत ती स्‍त्रीकहाँ देखा परेर तिनलाई भने, “तिमी बाँझी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्‍माउनेछौ। अब मैले भनेझैँ तिमीले गर्नू, होशियार होऊ, दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू, र कुनै अशुद्ध भोजन नखानू, किनभने तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्‍माउनेछौ। त्‍यसको कपालमा छुरा नलागोस्, किनभने त्‍यो बालक जन्‍मेको दिनदेखि नै परमेश्‍वरको निम्‍ति अलग गरिएको एक नाजिरी हुनेछ। त्‍यसले नै इस्राएललाई पलिश्‍तीहरूका हातबाट छुटाउन सुरु गर्नेछ।” ती स्‍त्री गएर आफ्‍ना पतिलाई यसो भनेर बताइदिइन्, “परमेश्‍वरका एक जना मानिस मकहाँ आए। तिनको मोहड़ा परमेश्‍वरका दूतको झैँ थियो, र हेर्नमा अति भययोग्‍य थियो। तिनी कहाँबाट आएका हुन्‌ भनी मैले तिनलाई सोधिनँ, र तिनले पनि मलाई आफ्‍नो नाउँ बताएनन्‌। तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्‍माउनेछौ। आजदेखि उसो तिमीले दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू र अशुद्ध भोजन नखानू, किनभने त्‍यो केटो जन्‍मेको दिनदेखि मर्ने दिनसम्‍मै परमेश्‍वरको निम्‍ति अलग गरिएको नाजिरी हुनेछ’।”