फेरि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई चालीस वर्षसम्म पलिश्तीहरूका हातमा सुम्पिदिनुभयो। दानको कुलका सोरामा बस्ने एक जना मानिस थिए, जसको नाउँ मानोह थियो, र जसकी पत्नी बाँझी थिइन्, र तिनको कोही छोराछोरी थिएन। परमप्रभुका दूत ती स्त्रीकहाँ देखा परेर तिनलाई भने, “तिमी बाँझी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। अब मैले भनेझैँ तिमीले गर्नू, होशियार होऊ, दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू, र कुनै अशुद्ध भोजन नखानू
न्यायकर्ताहरू 13 पढ्नुहोस्
सुन्नुहोस् न्यायकर्ताहरू 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ताहरू 13:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू