याकूब 4:5-7

याकूब 4:5-7 NNRV

के तिमीहरू यो सम्‍झन्‍छौ, कि पवित्र-धर्मशास्‍त्रले व्‍यर्थमा यसो भन्‍दछ, हामीमा परमेश्‍वरले राख्‍नुभएका आत्‍माको निम्‍ति उहाँ तीव्र डाह राख्‍नुहुन्‍छ, तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।” यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।