याकूब 4:13-16

याकूब 4:13-16 NNRV

“आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्‍यहाँ एक वर्ष बिताऔंला र व्‍यापार गरेर नाफा गरौंला” भन्‍नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्‍दैनौ। तिम्रो जिन्‍दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्‍ति देखा पर्छ, अनि हराइहाल्‍छ। यसको सट्टामा त तिमीहरूले यसो भन्‍नुपर्ने, “यदि परमेश्‍वरको इच्‍छा भयो भने हामी बाँचौंला र यस्‍तो-उस्‍तो गरौंला।” तर अहिले तिमीहरू आ-आफ्‍ना शेखीमा धाक लाउँछौ। यस्‍तो सबै शेखी खराब हो।