याकूब 3:2-6

याकूब 3:2-6 NNRV

किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्‍ने कुरामा भूल गर्दैन, त्‍यसले आफ्‍ना सारा शरीरमा पनि लगाम लगाउन सक्‍छ, र त्‍यो सिद्ध मानिस हुन्‍छ। यदि घोडाहरूलाई वशमा राख्‍नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्‍यो त्‍यतै लान सक्‍छौं। हेर त, जहाजहरू जो तेज हावाले चल्‍दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्‍नो इच्‍छाअनुसार जता मन पर्‍यो त्‍यतै लान्‍छ। त्‍यस्‍तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्‍काले ठूलो वन पनि स्‍वाहा पार्दछ। जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्‍ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्‍काइदिन्‍छ र नरकको आगोमा त्‍यो जल्‍छ!