याकूब 2:2-6

याकूब 2:2-6 NNRV

यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने, तिमीहरूले त्‍यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्‍नुहोस्” भन्‍छौ, र त्‍यस गरीबलाई चाहिँ “तँ त्‍यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्‍छौ भने, के तिमीहरूले आफ्‍नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्‍यायकर्ता भएनौ र? मेरा प्रियहरू, सुन, के परमेश्‍वरले संसारका गरीबहरूलाई विश्‍वासमा धनी तुल्‍याएर त्‍यस राज्‍यका उत्तराधिकारी हुनलाई चुन्‍नुभएन र? यहि राज्‍य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र? तर तिमीहरूले त गरीब मानिसको अपमान गरेका छौ। के धनीहरूले तिमीहरूलाई अत्‍याचार गर्दैनन्‌ र? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन्‌ र?