मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्वास छ” भन्छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र? यदि कोही भाइ वा बहिनीले झुत्रे-झाम्रे लुगा लगाएको छ, र त्यसलाई दिनहुँको भोजनको अपुग छ, र तिमीहरूमध्ये कसैले त्यसलाई, “शान्तिसँग जाऊ, न्यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्छ, तर त्यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्यसबाट के लाभ हुन्छ र? यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो। तर कसैले भन्ला, “तिमीसित विश्वास छ, मेराचाहिँ कामहरू छन्।” कामविनाको तिम्रो विश्वास मलाई देखाऊ, र मैले गरेको कामद्वारा म आफ्नो विश्वास तिमीलाई देखाउनेछु। तिमीहरू विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ। त्यो असल हो। भूतात्माहरू पनि विश्वास गर्छन् र थरथर काम्छन्। मूर्ख हो, कामविनाको विश्वास व्यर्थ हुन्छ भन्ने कुराको प्रमाण चाहन्छौ? जब हाम्रा पुर्खा अब्राहामले आफ्नो छोरो इसहाकलाई वेदीमा अर्पण गरे, तब तिनी कामद्वारा नै धर्मी ठहरिएनन् र? तिमी देख्तछौ, कि तिनका कामहरू सँगसँगै विश्वास क्रियाशील थियो, र कामद्वारा नै विश्वास पूर्ण भएको थियो। पवित्रधर्मशास्त्रको यसो भन्ने वचन पूरा भयो, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो,” र उनी परमेश्वरका मित्र कहलिए। तिमीहरू देख्तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्वासद्वारा मात्र होइन। त्यसै गरी राहाब वेश्याले पनि, जब तिनले गुप्तचरहरूलाई सत्कार गरेर अर्कै बाटो पठाइदिइन्, तब कामहरूबाट तिनी धर्मी ठहरिएकी होइनन् र? जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी विश्वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ।
याकूब 2 पढ्नुहोस्
सुन्नुहोस् याकूब 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकूब 2:14-26
7 Days
Taken from his New York Times bestselling book "Crazy Love," Francis Chan delves deep into God's amazingly crazy love for us, and what our appropriate response to such a love should look like. But he doesn't stop there, challenging us to reflect on God's greatness and the huge difference between His eternal majesty and our temporary lives here on earth.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू