मेरा भाइ हो, प्रभु येशू ख्रीष्ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ। यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने, तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्नुहोस्” भन्छौ, र त्यस गरीबलाई चाहिँ “तँ त्यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्छौ भने, के तिमीहरूले आफ्नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्यायकर्ता भएनौ र? मेरा प्रियहरू, सुन, के परमेश्वरले संसारका गरीबहरूलाई विश्वासमा धनी तुल्याएर त्यस राज्यका उत्तराधिकारी हुनलाई चुन्नुभएन र? यहि राज्य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र? तर तिमीहरूले त गरीब मानिसको अपमान गरेका छौ। के धनीहरूले तिमीहरूलाई अत्याचार गर्दैनन् र? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन् र? के तिनीहरूले त्यही आदरणीय नाउँको अपवाद गर्दैनन् र, जुन नाउँद्वारा तिमीहरूलाई बोलावट भएको छ? यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र-धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भनेता असलै गर्दछौ। यदि तिमीहरूले भेदभाव देखायौ भनेता तिमीहरू पाप गर्दछौ, र व्यवस्थाद्वारा अपराधी ठहरिन्छौ। किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने, व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ।
याकूब 2 पढ्नुहोस्
सुन्नुहोस् याकूब 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकूब 2:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू