तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस्। शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ। त्यस्तो मानिसले यो नसम्झोस्, कि उसले प्रभुबाट केही पाउनेछ। किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ। दीन अवस्थाको भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्, र धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्तै ओइलिजानेछ। किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्छ। फूल झर्छ र त्यसको शोभा नष्ट हुन्छ। त्यसरी नै धनी मानिस पनि आफ्नै कामधन्धामा नष्ट भएर जान्छ। त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
याकूब 1 पढ्नुहोस्
सुन्नुहोस् याकूब 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकूब 1:6-12
7 Days
Everything that has been created on earth by human beings started in the imagination of somebody’s mind. This is a gift from God. In this 7-day study we will learn about the relationship between your imagination and faith. I want to help you unlock your imagination in a way that has never been done before.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू