याकूब 1:25-27

याकूब 1:25-27 NNRV

तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ। यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ। परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।