याकूब 1:1-4

याकूब 1:1-4 NNRV

परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्‍ट भएका बाह्र कुललाई, अभिवादन। मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ। किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ। धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।