फेरि परमप्रभुले आहाजलाई भन्नुभयो, “तल गहिरोभन्दा गहिरोबाट होस् वा माथिभन्दा माथिबाट होस्, परमप्रभु आफ्ना परमेश्वरसित कुनै एउटा चिन्ह माग्।” तर आहाजले भने, “म माग्नेछैनँ। म परमप्रभुको परीक्षा गर्नेछैनँ।” तब यशैयाले भने, “हे दाऊदका घराना, अब सुन! के मानिसहरूको धैर्यलाई जाँच्न यथेष्ट भएन? के तिमीहरू मेरा परमेश्वरको धैर्यलाई जाँच्छौ? यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ। खराबलाई इन्कार गर्न र असललाई छान्न जानेपछि उहाँले दही र मह खानुहुनेछ। तर बालकले खराबलाई इन्कार गर्न र असललाई छान्न अघि त्यो देश उजाड़ पारिनेछ, जसका दुई राजाहरूदेखि तिमीहरू डराएका छौ। परमप्रभुले तिमीमाथि, तिम्रा प्रजामाथि र तिम्रा पिताका परिवारमाथि यस्तो दिन ल्याउनुहुनेछ कि एफ्राइम यहूदादेखि छुट्टिएपछि यसो कहिल्यै आइलागेको थिएन, अर्थात् उहाँले अश्शूरका राजालाई यस देशमा ल्याउनुहुनेछ।”
यशैया 7 पढ्नुहोस्
सुन्नुहोस् यशैया 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 7:10-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू