यशैया 65:21-24

यशैया 65:21-24 NNRV

तिनीहरूले घर बनाएर तिनमा वास गर्नेछन्‌। तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले घरहरू बनाएर तिनमा अरूहरू बस्‍ने, र तिनीहरूले रोपेर अरूहरूले खाने कहिल्‍यै हुनेछैन। किनकि रूखको आयु जस्‍तै मेरा प्रजाको आयु हुनेछ, र मेरा छानिएकाहरूले आफ्‍ना हातले गरेका काम धेरै दिनसम्‍मै भोग गर्नेछन्‌। तिनीहरूले व्‍यर्थमा परिश्रम गर्नेछैनन्, अथवा विपत्तिको निम्‍ति बालकहरू जन्‍माउनेछैनन्‌। किनकि तिनीहरू, तिनीहरूका वंशसमेत परमप्रभुको आशिष्‌ पाएका प्रजा हुनेछन्‌। तिनीहरूले बिन्‍ती गर्न अघि नै म जवाफ दिनेछु। तिनीहरूले बोल्‍दाबोल्‍दै तिनीहरूका कुरा म सुन्‍नेछु।