यशैया 63:16-17

यशैया 63:16-17 NNRV

तर तपाईं त हाम्रा पिता हुनुहुन्‍छ। अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई स्‍वीकार नगरे तापनि, तपाईं, हे परमप्रभु, हाम्रा पिता हुनुहुन्‍छ। तपाईंको नाउँ तादिदेखि नै हाम्रा उद्धारक हो। हे परमप्रभु, तपाईंको मार्गबाट किन हामीलाई बरालिने तुल्‍याउनुहुन्‍छ, र तपाईंलाई सम्‍मान गर्नदेखि हाम्रो हृदयलाई किन कठोर पार्नुहुन्‍छ? तपाईंको निज उत्तराधिकार भएका कुलहरूका खातिर, तपाईंका दासहरूका खातिर फर्कनुहोस्‌।