तब उहाँका प्रजाले प्राचीनका दिनलाई, अर्थात् मोशा र तिनका प्रजाका दिनलाई सम्झे। समुद्रबाट उहाँको बगालका गोठालासमेत तिनीहरूलाई ल्याउने कहाँ हुनुहुन्छ? आफ्ना पवित्र आत्मा तिनीहरूका बीचमा राख्ने कहाँ हुनुहुन्छ— जसले आफ्नो प्रतापी बाहु मोशाको दाहिने हाततिर पठाउनलाई बढ़ाउनुभयो, जसले आफ्नो नाउँ अनन्तको निम्ति प्रसिद्ध राख्नलाई तिनीहरूकै सामुन्ने पानीलाई दुई भाग गर्नुभयो, जसले तिनीहरूलाई ठेस नलागोस् भनेर वनमा घोड़ाहरूलाई झैँ गहिरा-गहिरा ठाउँहरूबाट डोर्याउनुभयो। जसरी गाईबस्तुहरू बेँसीमा चर्छन्, त्यसरी नै परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो। यसरी नै तपाईंले आफ्नो नाउँ महिमित पार्न आफ्ना प्रजालाई डोर्याउनुभयो।
यशैया 63 पढ्नुहोस्
सुन्नुहोस् यशैया 63
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 63:11-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू