सियोनको खातिर म चूप लाग्नेछैनँ। यरूशलेमको खातिर म चूपचाप बस्नेछैनँ, जबसम्म त्यसको धार्मिकता उषाको उज्यालोजस्तै र त्यसको मुक्ति राँकोझैँ चहकिलो बलिरहेको देखिँदैन। जाति-जातिहरूले तेरो धार्मिकता र सबै राजाहरूले तेरो गौरव देख्नेछन्, र तँचाहिँ परमप्रभु आफैले राख्नुभएको नयाँ नाउँद्वारा कहलाइनेछस्। तँ परमप्रभुको हातमा गौरवमय मुकुट र तेरा परमेश्वरका हातमा एउटा राजकीय शिरपेच हुनेछस्। तँ फेरि कहिल्यै ‘त्यागिएकी’ भनिनेछैनस्। तेरो देश फेरि कहिल्यै ‘उजाड़िएको’ भनिनेछैन। तर तँ ‘हेप्सीबा’ भनिनेछस्, र तेरो देश ‘ब्युलाह’ भनिनेछ। किनकि तँसित परमप्रभु खुशी हुनुहुनेछ, र तेरो देशले विवाह गरेको हुनेछ। जसरी एक जना जवान केटाले कन्ये-केटीलाई विवाह गर्छ, त्यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्। जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्छ, त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ।
यशैया 62 पढ्नुहोस्
सुन्नुहोस् यशैया 62
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 62:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू