आफ्नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्नो जात-भाइहरूबाट नलुक्नु, होइन र? तब तिमीहरूको ज्योति बिहानझैँ फुटेर निस्कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्तिरको रक्षक हुनेछ। तब तिमीहरूले पुकारा गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ। तिमीहरूले सहायताको निम्ति बिन्ती गर्नेछौ, र उहाँले भन्नुहुनेछ, ‘म यहीँ छु’। “यदि तिमीहरूले आफ्ना बीचबाट अत्याचारको जुवा फालिदियौ, अरूलाई औँला ठाड़ो गर्न र ईर्ष्यापूर्ण कुरा बोल्न त्याग्यौ, अनि सम्पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्ति दियौ, र अत्याचारमा परेकाहरूको आवश्यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ र तिमीहरूको रात मध्यदिनजस्तै हुनेछ। परमप्रभुले तिमीहरूलाई निरन्तर डोर्याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्तुष्ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानीले भिजाएको बगैँचाझैँ र नसुक्ने पानीको मूलझैँ हुनेछौ।
यशैया 58 पढ्नुहोस्
सुन्नुहोस् यशैया 58
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 58:7-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू