यशैया 58:10-11

यशैया 58:10-11 NNRV

अनि सम्‍पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्‍ति दियौ, र अत्‍याचारमा परेकाहरूको आवश्‍यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्‍योति अँध्‍यारोमा चम्‍कनेछ र तिमीहरूको रात मध्‍यदिनजस्‍तै हुनेछ। परमप्रभुले तिमीहरूलाई निरन्‍तर डोर्‍याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्‍तुष्‍ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्‍त पानीले भिजाएको बगैँचाझैँ र नसुक्‍ने पानीको मूलझैँ हुनेछौ।