“किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ। जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन्। जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ। तिमीहरू आनन्दसाथ जानेछौ, र शान्तिमा डोर्याइनेछौ। पर्वतहरू र डाँड़ाहरू तिमीहरूका सामुन्ने गीत गाउनेछन्, र मैदानका सारा रूखहरूले ताली बजाउनेछन्। तब काँढ़ाको सट्टा सल्लो, सिउँड़ीको सट्टा असारे-फूलको रूख उम्रनेछ। त्यो परमप्रभुका ख्यातिको निम्ति हुनेछ। त्यो कहिल्यै नष्ट नहुने सदासर्वदाको चिन्हको निम्ति हुनेछ।”
यशैया 55 पढ्नुहोस्
सुन्नुहोस् यशैया 55
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 55:8-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू