यशैया 55:6-12

यशैया 55:6-12 NNRV

जबसम्‍म परमप्रभुलाई पाउन सक्‍छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। दुष्‍टले आफ्‍नो बाटो र अधर्मीले आफ्‍नो विचार त्‍यागोस्, र परमप्रभुतिर फर्कोस्, र उहाँले त्‍यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्‍वरतर्फ त्‍यो फर्कोस्, र उहाँले त्‍यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ। “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्‍नुहुन्‍छ। जसरी आकाश पृथ्‍वीभन्‍दा अल्‍गो छ, त्‍यसरी नै मेरा चाल तिमीहरूका चालभन्‍दा र मेरा विचार तिमीहरूका विचारभन्‍दा अल्‍गा छन्‌। जसरी वृष्‍टि र हिउँ आकाशबाट झर्छ र त्‍यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्‍छ, त्‍यसरी नै मेरो मुखबाट निस्‍कने मेरो वचन पनि हुनेछ। त्‍यो मकहाँ व्‍यर्थै फर्कनेछैन, तर मैले इच्‍छा गरेको काम त्‍यसले पूरा गर्नेछ, र जुन कामको निम्‍ति म त्‍यसलाई पठाउँछु, त्‍यसमा त्‍यो सफल हुनेछ। तिमीहरू आनन्‍दसाथ जानेछौ, र शान्‍तिमा डोर्‍याइनेछौ। पर्वतहरू र डाँड़ाहरू तिमीहरूका सामुन्‍ने गीत गाउनेछन्, र मैदानका सारा रूखहरूले ताली बजाउनेछन्‌।