यशैया 54:1-3

यशैया 54:1-3 NNRV

“हे बाँझी स्‍त्री, गीत गा! हे सुत्‍केरी पीडामा कहिल्‍यै नपरेकी स्‍त्री, तँ जसले कहिल्‍यै बालक जन्‍माएकी छैनस्, आनन्‍दले करा। किनकि बाँझी स्‍त्रीका सन्‍तान विवाहित स्‍त्रीका भन्‍दा ज्‍यादा हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “तेरो पालको ठाउँ बढ़ा। तेरो पालका पर्दाहरू तन्‍का। तेरा डोरीहरू लामो पार्, र तेरा कीलाहरू बलियो गर्‌। किनकि तँ बढ़ेर दाहिने र देब्रेतिर फैलिनेछस्, र तेरा सन्‍तानले जाति-जातिहरूलाई उनीहरू बसेको ठाउँबाट निकाल्‍नेछन्, र उनीहरूका निर्जन सहरहरूमा ती बसोबास गर्नेछन्‌।