“हे मेरो प्रजा हो, मेरो कुरा सुन। हे मेरो जाति हो, मेरो कुरामा कान थाप। मबाट व्यवस्था निस्कनेछ, र मेरो न्याय जाति-जातिहरूका निम्ति ज्योति हुनेछ। मेरो धार्मिकता चाँड़ै नजिक आउँछ, मेरो उद्धार बाटैमा आउँदैछ, र मेरो बाहुबलले जातिहरूकहाँ न्याय ल्याउनेछु। टापूहरूले मलाई हेर्नेछन्, र मेरो बाहुबलमा तिनीहरूले आशा राख्नेछन्। तिमीहरू आफ्ना आँखा माथि आकाशतिर उठाओ, र तल पृथ्वीलाई हेर। आकाश धूवाँझैँ लोप हुनेछ, र पृथ्वी लुगाझैँ झुत्रो हुनेछ, र त्यसमा बस्नेहरू झीँगाजस्तै मर्नेछन्। तर मेरो उद्धार सदासर्वदै रहनेछ, र मेरो धार्मिकता कहिल्यै खतम हुनेछैन। “जे असल छ त्यो जान्नेहरू, र तिमीहरू जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन। मानिसहरूको निन्दादेखि नडराओ, न त तिनीहरूको गिल्लादेखि भयभीत होओ। किनकि लुगा खाएझैँ कीराले तिनीहरूलाई खानेछन्। ऊन खाएझैँ कीराले तिनीहरूलाई खानेछन्। तर मेरो धार्मिकता सदाको निम्ति रहनेछ, मेरो उद्धार पुस्तादेखि पुस्तासम्मै।”
यशैया 51 पढ्नुहोस्
सुन्नुहोस् यशैया 51
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 51:4-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू