यशैया 5:11-12

यशैया 5:11-12 NNRV

धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बिहानै उठ्‌छन्, जो मातेर चूर हुन राती अबेरसम्‍म बस्‍छन्‌! तिनीहरूका भोजहरूमा वीणा, सारङ्गी, खैँजड़ी, बाँसुरी र मद्य हुन्‍छन्, तर तिनीहरू परमप्रभुका कामको वास्‍ता गर्दैनन्‌। तिनीहरू उहाँका हातको कामलाई आदरै गर्दैनन्‌।