हे आकाश, आनन्दले चिच्च्याएर गा। हे पृथ्वी, आनन्दित हो। हे पर्वतहरू हो, गला खोलेर गाओ! किनकि परमप्रभुले आफ्नो प्रजालाई सान्त्वना दिनुभएको छ, र कष्ट पाएको उहाँको प्रजामाथि उहाँले टिठ्याउनुहुनेछ। तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्याग्नुभएको छ। मेरा परमप्रभुले मलाई बिर्सनुभएको छ।” “के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र? आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउँदिनँ र? त्यसले बिर्सन पनि सक्छे, तर म त तँलाई बिर्सन सक्दिनँ। हेर्, मैले तँलाई मेरो हत्केलामा खोपेको छु। तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्।
यशैया 49 पढ्नुहोस्
सुन्नुहोस् यशैया 49
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 49:13-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू