यशैया 44:6-8

यशैया 44:6-8 NNRV

“इस्राएलका महाराजा र उद्धारक र सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: पहिलो र पछिल्‍लो म नै हुँ। मबाहेक अरू परमेश्‍वर छैन। मजस्‍तै को छ र? त्‍यसले त्‍यो घोषणा गरोस्‌। त्‍यसले बताओस्‌ र मेरो अगि राखोस्, मेरा प्राचीन प्रजालाई स्‍थापित गरेकोदेखि यसो के भएको छ? अझ जे हुन आउँछ त्‍यसले हामीलाई अघिबाटै बताओस्‌। तिमीहरू नडराओ, न त थरहरी होओ। के मैले तिमीहरूलाई धेरै अघि नै घोषणा गरेर यो देखाएको होइनँ र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्‍वर छ र? अँहँ, कोही चट्टान छैन, म यस्‍तो कसैलाई चिन्‍दिनँ।”