यशैया 44:21-23

यशैया 44:21-23 NNRV

“हे याकूब, यी कुरालाई याद राख्, किनकि हे इस्राएल, तँ मेरो दास होस्‌। मैले तँलाई बनाएको हुँ। तँ मेरो दास होस्‌। हे इस्राएल, तँलाई म बिर्सनेछैनँ। मैले तेरा अपराधहरू बादलझैँ र तेरा पापहरू बिहानको कुइरोझैँ हटाइदिएँ। फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु।” हे आकाश, आनन्‍दले गा, किनकि परमप्रभुले त्‍यसो गर्नुभएको छ। हे भूगर्भ, चर्को सोरले करा। हे पर्वतहरू, वन र त्‍यहाँका सबै रूख हो, उच्‍च सोरले गाओ, किनकि परमप्रभुले मोल तिरेर याकूबलाई छुटाउनुभएको छ, उहाँ आफैले इस्राएलमा आफ्‍नो महिमा देखाउनुहुन्‍छ।