परमप्रभु यही भन्नुहुन्छ— “समुद्रमा बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने, रथहरू र घोड़ाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने, तिनीहरू जो फेरि उठ्न नसक्ने गरी पड़िरहेका थिए, सलेदो निभाएझैँ निभाएका थिए: “बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु। जङ्गली जनावरहरू, स्यालहरू र लाटोकोसेराहरूले मेरो इज्जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्छु, त्यस जातिलाई, जसलाई मेरो प्रशंसाको घोषणा गरून् भनेर मेरो निम्ति मैले बनाएँ।
यशैया 43 पढ्नुहोस्
सुन्नुहोस् यशैया 43
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 43:16-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू