यशैया 43:16-19

यशैया 43:16-19 NNRV

परमप्रभु यही भन्‍नुहुन्‍छ— “समुद्रमा बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने, रथहरू र घोड़ाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्‍नुहुने, तिनीहरू जो फेरि उठ्‌न नसक्‍ने गरी पड़िरहेका थिए, सलेदो निभाएझैँ निभाएका थिए: “बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ। के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।