यशैया 42:8-10

यशैया 42:8-10 NNRV

“म परमप्रभु हुँ, मेरो नाउँ त्‍यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ। हेर, पहिलेका कुराहरू भइसके, र नयाँ कुराहरू म बताउँछु। ती हुनभन्‍दा अघि नै म तिनका विषयमा तिमीहरूलाई प्रकाशित गर्नेछु। परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, उहाँको प्रशंसा पृथ्‍वीको पल्‍लो छेउदेखि गर, हे तिमी समुद्रमा यात्रा गर्ने र त्‍यसमा भएका सारा थोक हो, हे टापूहरू र तिनका सबै बासिन्‍दा हो!