यशैया 40:9-11

यशैया 40:9-11 NNRV

सियोनलाई शुभ समाचार सुनाउने हो, तिमी अग्‍लो पर्वतमा जाऊ। यरूशलेमलाई शुभ समाचार सुनाउने हो, जोडसँग तिम्रो सोर उचाल, सोर उचाल, नडराऊ। यहूदाका नगरहरूलाई भन, “हेर, तिमीहरूका परमेश्‍वर यहीँ हुनुहुन्‍छ!” हेर, परमप्रभु परमेश्‍वर पराक्रमसाथ आउँदैहुनुहुन्‍छ, र उहाँको हातले शासन गर्नुहुन्‍छ। हेर, उहाँको इनाम उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै साथमा छ। उहाँले आफ्‍नो बगाललाई गोठालाले झैँ चराउनुहुन्‍छ। उहाँले थुमाहरूलाई आफ्‍नै अँगालोमा लिनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नै हृदयको नजिक बोक्‍नुहुन्‍छ। उहाँले ससाना बच्‍चा भएकालाई चाहिँ बिस्‍तार-बिस्‍तार डोर्‍याउनुहुन्‍छ।