के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के यो कुरो तिमीहरूलाई सुरुदेखि नै भनिएको छैन? के पृथ्वीको जग बसालेको बेलादेखि नै तिमीहरूले बुझेका छैनौ? उहाँ पृथ्वीको परिधिभन्दा माथि विराजमान हुनुहुन्छ, र पृथ्वीका मानिसहरूचाहिँ फटेङ्ग्राजस्तै छन्। उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्छ, अनि त्यसमा वास गर्नलाई पालझैँ त्यो फैलाउनुहुन्छ। उहाँले राजकुमारहरूलाई बेकामका बनाइदिनुहुन्छ, र पृथ्वीका शासकहरूलाई रद्द तुल्याउनुहुन्छ। तिनीहरू रोपिनासाथै, छरिनासाथै, तिनीहरूले जमिनमा जरा हाल्नासाथै, उहाँले तिनीहरूलाई फुकिदिनुहुन्छ र तिनीहरू ओइलाइहाल्छन्, र आँधीले तिनीहरूलाई भुसजस्तै उड़ाएर लैजान्छ। “तिमीहरू मलाई कोसित तुलना गर्नेछौ? अथवा को मसमान छ?” परमपवित्र भन्नुहुन्छ। तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर, यी सबै कसले बनाएका हुन्? उहाँले नै होइन र, जसले पुञ्जलाई एक-एक गरी ल्याउनुहुन्छ र प्रत्येकलाई नाउँ काढ़ी बोलाउनुहुन्छ। उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्यको कारण तिनीहरूमध्ये एउटै पनि हराउँदैन। हे याकूब, तँ किन भन्छस्? हे इस्राएल, तँ किन यस्तो गुनासो पोखाउँछस्? “मेरो बाटो परमप्रभुदेखि लुकेको छ, परमेश्वरले मेरो वास्ता गर्नुभएको छैन।” के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्? परमप्रभु सदासर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ न त थकित न हैरान हुनुहुन्छ, र कसैले पनि उहाँको समझलाई नाप्न सक्दैन? उहाँले थकितहरूलाई बल दिनुहुन्छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्छ।
यशैया 40 पढ्नुहोस्
सुन्नुहोस् यशैया 40
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 40:21-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू