यशैया 4:5-6

यशैया 4:5-6 NNRV

अनि परमप्रभुले सियोन पर्वतमाथि र त्‍यहाँ भेला हुनेहरूमाथि दिउँसो धूवाँको बादल र राती प्रज्‍वलित आगोको चमक सृष्‍टि गर्नुहुनेछ। सबैमाथि महिमा एउटा छत्र हुनेछ। दिनको गर्मीबाट जोगाउने शरण र छाया तथा आँधीबेहरी र वर्षाबाट जोगाउने एउटा आश्रय र लुक्‍ने ठाउँ त्‍यो हुनेछ।