यशैया 35:3-6

यशैया 35:3-6 NNRV

कमजोर हातहरू बलिया बनाओ, र दुर्बल घुँड़ाहरू दह्रा पार। डरले हृदय भरिएकाहरूलाई भन, “साहस गर, नडराओ। तिमीहरूका परमेश्‍वर बदला दिनलाई आउनुहुनेछ, ईश्‍वरीय प्रतिफलसहित तिमीहरूलाई बचाउनलाई उहाँ आउनुहुनेछ।” तब अन्‍धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्‌। तब लङ्गड़ाहरू मृगझैँ उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्‍तुति गर्नेछ। उजाड़-स्‍थानमा पानी फुटेर निस्‍कनेछ र मरुभूमिमा खोलाहरू बग्‍नेछन्‌।