मरुभूमि र निर्जल-भूमि हर्षित हुनेछन्। उजाड़-स्थान रमाउनेछ र फुल्नेछ केशरझैँ त्यो फुलेर फक्रनेछ। यो अत्यन्त प्रफुल्लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ। लेबनानको गौरव, कर्मेल र शारोनको शोभा त्यसलाई दिइनेछ। तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्वरको ऐश्वर्य देख्नेछन्। कमजोर हातहरू बलिया बनाओ, र दुर्बल घुँड़ाहरू दह्रा पार। डरले हृदय भरिएकाहरूलाई भन, “साहस गर, नडराओ। तिमीहरूका परमेश्वर बदला दिनलाई आउनुहुनेछ, ईश्वरीय प्रतिफलसहित तिमीहरूलाई बचाउनलाई उहाँ आउनुहुनेछ।” तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्। तब लङ्गड़ाहरू मृगझैँ उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्तुति गर्नेछ। उजाड़-स्थानमा पानी फुटेर निस्कनेछ र मरुभूमिमा खोलाहरू बग्नेछन्।
यशैया 35 पढ्नुहोस्
सुन्नुहोस् यशैया 35
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 35:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू