यशैया 35:1-2

यशैया 35:1-2 NNRV

मरुभूमि र निर्जल-भूमि हर्षित हुनेछन्‌। उजाड़-स्‍थान रमाउनेछ र फुल्‍नेछ केशरझैँ त्‍यो फुलेर फक्रनेछ। यो अत्‍यन्‍त प्रफुल्‍लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ। लेबनानको गौरव, कर्मेल र शारोनको शोभा त्‍यसलाई दिइनेछ। तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्‍वरको ऐश्‍वर्य देख्‍नेछन्‌।