यशैया 33:20-22

यशैया 33:20-22 NNRV

हाम्रा ठहराइएका चाड़हरूको सहर सियोनलाई हेर, तिमीहरूका आँखाले यरूशलेमलाई देख्‍नेछन्, एउटा शान्‍तिमय वासस्‍थान, एउटा पाल, जो कहिल्‍यै हटाइनेछैन, जसका कीलाहरू कहिल्‍यै उखेलिनेछैनन्, न त त्‍यसका डोरीहरू चुँड़ाइनेछन्‌। त्‍यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ। त्‍यो ठूला-ठूला नदीहरू र खोलाहरूको ठाउँ हुनेछ। पतवारले चलाइने डुङ्गाहरू त्‍यहाँ चल्‍नेछैनन्‌। ठूलो जहाज पनि त्‍यहाँ जानेछैन। किनभने परमप्रभु हाम्रा न्‍यायाधीश हुनुहुन्‍छ। परमप्रभु हामीलाई व्‍यवस्‍था दिने हुनुहुन्‍छ। परमप्रभु हाम्रा राजा हुनुहुन्‍छ। उहाँले नै हामीलाई बचाउनुहुनेछ।