यशैया 30:18-19

यशैया 30:18-19 NNRV

तापनि तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभु इच्‍छा गर्नुहुन्‍छ। तिमीहरूमाथि दया देखाउन उहाँ उठ्‌नुहुन्‍छ, किनकि परमप्रभु न्‍याय गर्नुहुने परमेश्‍वर हुनुहुन्‍छ। उहाँको प्रतीक्षा गर्ने सबै धन्‍यका हुन्‌! हे यरूशलेममा बस्‍ने सियोनका मानिस हो, तिमीहरू अब फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रोएका सुनेर उहाँ कत्ति अनुग्रहमय हुनुहुनेछ! तिमीहरूको बिन्‍ती सुन्‍ने बित्तिकै उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ।