यशैया 3:16-24

यशैया 3:16-24 NNRV

परमप्रभु भन्‍नुहुन्‍छ, “सियोनका स्‍त्रीहरू अहङ्कारी छन्, र मुण्‍टो ठाड़ो गर्दै, चञ्‍चले आँखा गर्दै, कल्‍ली पहिरी छमछम गर्दै ससाना कदम चालेर हिँड्‌छन्‌। यसकारण परमप्रभुले सियोनका स्‍त्रीहरूका टाउकोमा घावै-घाउ भरिदिनुहुन्‍छ। परमप्रभुले तालु खुइले बनाइदिनुहुन्‍छ।” त्‍यस दिन परमप्रभुले तिनीहरूका सिङ्गारका गहनाहरू, अर्थात्‌ चुरा र शिरबन्‍दी, चन्‍द्रहार, कुण्‍डल, बाला, झुम्‍का, मुकुट-घुम्‍टा, कल्‍ली, पटुका, अत्तरदानी र जन्‍तर, छाप-औँठी र नत्‍थ, सुन्‍दर पोशाक, अलखा, कोट र थैली, हाते-ऐना र मसिनो मलमल, मुकुट र दोसल्‍लाहरू हटाउनुहुनेछ। सुगन्‍धित मसलाको सट्टामा सड़ेको दुर्गन्‍ध हुनेछ, र पटुकाको सट्टामा डोरी, राम्ररी बाटेको कपालको सट्टामा मुडुली हुनेछ, सुन्‍दर वस्‍त्रको सट्टामा भाङ्‌ग्राको लुगा र सुन्‍दरताको सट्टामा डामै-डाम हुनेछ।