यशैया 13:6-9

यशैया 13:6-9 NNRV

डाँको छोड़ी-छोड़ी रोऊ, किनकि परमप्रभुको दिन नजिक छ। सर्वशक्तिमान्‌को तर्फबाट भयङ्कर सर्वनाशको रूपमा त्‍यो आउनेछ। यसकारणले गर्दा सबै हातहरू कमजोर हुनेछन्, सबै मानिसहरूको मुटुले ठाउँ छोड्‌नेछ। तिनीहरू डराउनेछन्‌। पीडा र वेदनाले तिनीहरूलाई छोप्‍नेछ, सुत्‍केरी स्‍त्रीलाई पीडा भएझैँ तिनीहरू पीडाले व्‍याकुल हुनेछन्‌। तिनीहरू एक-अर्कालाई चकित भई हेर्नेछन्‌। तिनीहरूको अनुहार आगोको ज्‍वालाझैँ हुनेछ। हेर, परमप्रभुको दिन देशलाई उजाड़ पार्न र त्‍यहाँ भित्र भएका पापीहरूलाई त्‍यहाँबाट सर्वनाश गर्न, क्रोध र भयानक रीसको साथ निष्‍ठुर दिन आइरहेछ।