यशैया 1:1-6

यशैया 1:1-6 NNRV

यहूदाका राजाहरू, उज्‍जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन। हे आकाश, सुन्‌! हे पृथ्‍वी, कान थाप्‌! किनकि परमप्रभुले भन्‍नुभएको छ, “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन्‌। गोरुले आफ्‍नो मालिक चिन्‍छ, र गधाले आफ्‍नो स्‍वामीको डूँड़ चिन्‍छ, तर इस्राएलले चिन्‍दैन, मेरा मानिसहरूले बुझ्‍दैनन्‌।” हाय, पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्‍ट काम गर्नेहरूका बच्‍चा, भ्रष्‍टाचार गर्नेहरूका सन्‍तान। तिनीहरूले परमप्रभुलाई त्‍यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई हेला गरेका छन्, र उहाँतिर आफ्‍नो पिठिउँ फर्काएका छन्‌। तिमीहरूले किन अझै पिटाइ खानुपर्छ? किन तिमीहरू अझै अटेरी बनिरहन्‍छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ, र सारा हृदय पीडित भएको छ। पैतालादेखि टुपीसम्‍मै चोट नभएको कहीँ छैन। चोटैचोट, डामहरू र खुल्‍ला घाउहरू मात्र छन्‌। ती न त सफा गरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्‌।