“आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ। दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुन: खड़ा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं। आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।” “ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोजस्तै र सखारैको बितिजाने शीतजस्तै छ। यसैकारण मैले तिमीहरूलाई मेरा अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु। मैले तिमीहरूलाई मेरा मुखको वचनद्वारा घात गरेको छु। मेरो न्याय तिमीहरूमाथि बिजुलीजस्तै चम्किएको छ। किनभने म बलिदान होइन, दया चाहन्छु, र होमबलिभन्दा परमेश्वरको मान्यता अझ बढ़ी चाहन्छु।
होशे 6 पढ्नुहोस्
सुन्नुहोस् होशे 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: होशे 6:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू