“यसकारण अन्न पाक्दा मेरो अन्न, र नयाँ दाखमद्य तयार हुँदा मेरो दाखमद्य म लगिहाल्नेछु। अनि त्यसको नग्नतालाई ढाक्ने मेरो ऊन र सूती कपड़ा खोसेर लैजानेछु। अब म त्यसकै प्रेमीहरूका नजरको सामु त्यसको छाड़ापन उघार्नेछु, र कसैले त्यसलाई मेरो हातबाट छुटाउनेछैन। म त्यसका सबै उत्सवहरू, त्यसका औंसीका चाड़हरू, त्यसका सबै शबाथ-दिनहरू र त्यसका सबै ठहराएका भोजनहरू रोकिदिनेछु। म त्यसका दाखका बोट र त्यसका अञ्जीरका रूखहरू उजाड़ पारिदिनेछु। तिनका विषयमा त्यसले भनेकी छ, ‘यी मेरा प्रेमीहरूले दिएका मेरा ज्याला हुन्।’ म ती बोटहरूलाई एउटा झाड़ी तुल्याइदिनेछु, र वनजन्तुहरूले ती खाइहाल्नेछन्। बाल देवताहरूका निम्ति धूप हालेकी हुनाले म त्यसलाई दण्ड दिनेछु। त्यस बेला त्यो गरगहना पहिरेर आफ्ना प्रेमीका पछिपछि गई, र मलाई बिर्सेकी थिई,” परमप्रभु घोषणा गर्नुहुन्छ। “यसैकारण अब म त्यसलाई फकाएर मरुभूमिमा लानेछु, र त्यससित मायालु कुरा गर्नेछु। त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फिर्ता गर्नेछु, र आकोरको बेँसीलाई चाहिँ आशाको ढोका तुल्याइदिनेछु। त्यहाँ त्यसले आफ्नो युवावस्थाका दिनमा जस्तै र मिश्रदेशबाट आएको दिनमा झैँ गीत गाउनेछ।
होशे 2 पढ्नुहोस्
सुन्नुहोस् होशे 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: होशे 2:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू